काठमाडौँ – तीन दिनपछिको राष्ट्रपतिको निर्वाचनको लागि नेकपा एमालेले सांसदहरूलाई प्रशिक्षण सुरु गरेको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरू काठमाडौंमा भेला भएका छन् ।
प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी छन् ।
एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।
Facebook Comments Box