दार्चुला – सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाको २९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ग्रामिण विकास समाज नेपाल दार्चुलाका अध्यक्ष हरि प्रसाद अवस्थीको अध्यक्षतामा भएको बार्षिक साधारण सभा कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा लेखा समितिका संयोजक नन्दा बमको प्रमुख आर्थित्यता तथा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको विशिष्ट आर्थित्यतामा संस्थाको २९ औ वार्षिक सधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाका टिम लिडर असोकराज ओझाले गत आर्थिक वर्षको हाल सम्म भएका काम तथा प्रगति समिक्षाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उनले संस्थालाई यहाँ सम्म पुर्याउनमा सहयोग गर्ने सम्पुर्णमा धन्यबाद दिनु भएको छ ।
जिल्लामा रहेर हाल सम्म यो संस्थाले स्वास्थ्य क्षेत्र, तथा पोषण, खानेपानी ,शिक्षा ,सरसफाइर्, कृषि ,तथा सुरक्षा वन, प्राकृतिक सो्रत तथा पर्यावरण विपद व्यवस्थापन लगायतका क्षेत्रमा रहेर काम गरिरहेको पनि जानकारी गराउनु भएको छ । यस्तै उहाँले जिल्लाका दुर्गम भेगमा बसोबास गर्ने समुदाय खासगरी गरीब, विपन्न महिला बालबालिका पछाडि पारिएका बर्ग कृषकहरुको सामाजिक रुपान्तरण र दिगो जिविकोपार्जनका माध्यमबाट आर्थिक समृद्धि गरि उनिहरुको जिवनस्तरमा सुधार ल्याउनका लागि सरकारी राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संस्था र विभिन्न दात्री निकायसंग मिलेर दिगो एकिकृत विकासमा सहयोग पुर्याउनु नै यो संस्थाको उद्देश्य रहेको बताएका छन् ।
जिल्लामा रहेर हाल सम्म सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाले समुदायको सहभागितामा कार्यक्रम संञ्चालन गदै आएको जनाएको छ भने महिला पिछिडिएका तथा सिमान्तकृत समुदायलाई प्राथमिकता दिदै आएको छ । यस्तै संस्थाले क्षमता अभिबृद्धि गर्ने तथा विकासका कार्यक्रममा अपनत्व बढाउने काम पनि गरिरहेको छ ।
महिलाको सक्रिय सहभागितामा दिगो विकास तथा जिविकोपार्जनका लागि पहल पनि गर्ने गरेको टिम लिडर ओझाले बताउनु भएको छ । आर्थिक वर्ष २०७७/०७८मा कार्यालयले १६ वटा कार्यक्रम सम्पन्न गरेको जनाएको छ । यसका लागि कार्यालयले झण्डै ५ करोड २३ लाख ३४ हजार २३५ रुपैँया बजेट खर्च गरेको जनाएको छ । जिल्लामा हाल सुहारा कार्र्यक्रम संञ्चालनमा रहेको पनि टिकलिडर ओझाले वार्षिक साधारण सभा जानकारी गराएका छन । यो कार्यक्रम सात वटा गाउँपालिका तथा २ नगरपालिका गरी ९ वटै स्थानीय तहमा संञ्चालनमा रहेको बताएका हुन । यस्तै एकिकृत सामुदायिक विकास परियोजना शिक्षा आय आर्जन पैरवी कार्यक्रम पनि जिल्लामा संञ्चालनमा रहेको उहाँले बताउनु भयो ।
यो कार्यक्रम जिल्लाको दुहुँ गाउँपालिका मालिकार्जुन गाउँपालिका तथा महाकाली नगरपालिका गरी ३ वटा स्थानीय तहमा संञ्चालनमा रहेको पाइएको छ । यस्तै सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाले जिल्लाका नौवटै स्थानीय तहमा प्रारम्भिक तह पढाई कार्यक्रम पढाई सिप विकास तथा दिवा खाजा व्यवस्थापन अन्तरर्गत रहेर कार्यक्रम संञ्चालनमा रहेको छ ।
कार्यालयले टोसा परियोजना महाकाली नदी तटियक्षेत्रमा संंञ्चालनमा राखेको पनि जनाएको छ । यो कार्यक्रम जिल्लाको व्यास दुहुँ महाकाली मालिकार्जुन तथा लेकमका महाकाली नदी तटिय क्षेत्रमा रहेको जनाएको छ ।
ग्रामीण जलस्रोत परियोजना खानेपानी सरसफाई तथा जिवीकोपार्जन कार्यक्रम दुहुँ नौगाड मार्मा लेकम र मालिकार्जुन गाउँपालिकामा संञ्चालनमा रहेको कार्यालयका टिम लिडर असोजराज ओझाले जानकारी दिनु भएको छ । यो कार्यक्रम नेपाल सरकार र फेनलेन्ड सरकारबाट संञ्चालमा रहेको छ । यस्तै सोलार लिप्टिङ खानेपानी सर्वे व्यासँ गाउँपालिकामा तथा डाटा डिजिटललाईजेसन कार्यक्रम पन्जिकरण कार्यक्रम व्यासँ र लेकममा गरी ९ वटा कार्यक्रम संञ्चालनमा रहेको सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाले जनाएको छ । यस्तै उहाँले जिल्लाको मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरूप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी विभिन्न कामहरु भइरहेको तथा यो कार्यमा सहयोग तथा समन्वय गरिदिन आग्रह पनि गर्नु भएको छ ।
कार्यालयको तथ्याङ अनुसार मालिकार्जुन गाउँपालिकामा १४ देखि १५ वर्षको उमेर समूहमा बालविवाह गर्ने सात दशमलव १४ प्रतिशत, १६ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने २७ दशमलव ७८ प्रतिशत, १८ देखि १९ वर्ष उमेरमा विवाह गर्ने ६४ दशमलव २९ प्रतिशत रहेको पनि जानकारी दिएको छ ।कार्यालयले आफनो २९ औ वार्षिक साधारण सभामा कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारीहरु देखि लिएर जिल्लामा रहेका सरकारी तथा गौर सरकारी संघसस्थाहरुलाई सम्मान पत्रले सम्मान गरेका छ । कार्यक्रमा महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्ट, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी माओवादी केन्द्रका नेता गणेश खत्री लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुका प्रमुखहरुको सभागिता रहेको थियो ।