धनगढी : धनगढीको सौराई स्क्वायरले नारी दिवसका अवशरमा धनगढीका ९ जना महिलाहरुलाई सम्मान गरेको छ। १ सय १३ औँ अन्तराष्ट्रिय नारी दिवशका अवशरमा स्क्वायरले बिभिन्न क्षेत्रमा महत्वपुर्ण भुमिका निर्बाह गर्ने महिलाहरुलाई सम्मान गरेको हो। नारी दिवशका अवशरमा धनगढीका निर्मला बागचन्द, सरिता कठायत, गोबिन्दी भट्ट, उन्नति चौधरी ,भारती कुवर, सुल्जित कौर, गिता आले, रमा चन्द र रुपा राइ लाई स्क्वायरले सम्मान गरेको हो।
९ वटै महिलाहरुलाई धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले प्रमाणपत्र तथा नगद प्रदान गर्दै सम्मान गरेकी हुन् । सम्मानपत्र वितरण गर्दै रानाले अबको बिकास मानविय बिकास रहेको बताइन् । मानविय बिकास भए मात्रै हरेक नारीले स सम्मान जिउन पाउने बताउँदै उनले नारीको सम्मानका लागी अन्तरक्रिया तथा सचेतनात्मक काममा उप महानगरपालिका लागेको जानकारी दिइन्। सौराई स्क्वायरले आयोजना गरेको सम्मान कार्यक्रमले महिलाहरुमा काम गर्ने हौसला मिल्ने बिश्वास ब्यक्त गर्दै उनले सामाजिक बिभेद अन्त्य गर्नका लागी उप महानगरपालिका हरेक निकायसंग सहकार्य गर्न तयार रहेको बताइन्।
सम्मानित भएका ब्यक्तीहरुका तर्फबाट बोल्दै पत्रकार उन्नती चौधरीले यो सम्मान देखिदा सामान्य देखिएपछि यसले मान्छेलाई थप जिम्मेवारीको भारी बोकाएको बताइन् । आफुले गरेका कामको मुल्याकंन गर्दै सौराई स्क्वायरले सम्मान गरेकोमा धन्यवाद दिदै उनले आफ्नो कर्ममा थप सशक्त भएर लाग्ने बताइन् । सौराई स्क्वायरका प्रबन्ध निर्देशक उमेश बिक्रम शाहले सामाजिक उत्तरदायित्व बहन गर्दै नारी दिवशको अवशरमा धनगढीका केही महिलाहरुलाई सम्मान गरेको बताए। अहिले ९ जनालाई मात्रै सम्मान गरेपनि आगामी बर्षबाट यसको दायरा बढाउने शाहले बताए । कार्यक्रममा बरिष्ठ पत्रकार उमिद बागचन्द लगायतले आफ्ना मन्तब्य राखेका थिए। कार्यक्रमको सञ्चालन प्रकाश छेडालले गरेका थिए।