धनगढी : बैंक बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (विफू) नेपालको सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश संयोजक राजेन्द्रबहादुर विष्टको अध्यक्षता र बिफू नेपालका राष्ट्रिय समिति अध्यक्ष धर्मराज मैनालीको प्रमुख आथित्यतामा कृषि विकास बैंक तालिम केंद्र धनगढीको सभाहलमा आज फागुन २४ गते अधिवेशन सम्पन्न भएको हो।
नारी दिवसको समेत अवसर पारेर अधिवेशन सम्पन्न भएको बताइएको छ। अधिवेशनमा बिफु नेपालसँग आवद्ध सरकारी स्तरका बैक, वित्तीय संस्था, बिमा कम्पनी, कर्मचारी सञ्चय कोषका सुदूरपश्चिमका नौं वटै जिल्लाबाट उपस्थित प्रतिनिधिहरूको सहभागिता थियो। संयोजक राजेन्द्र विष्टको अध्यक्षता सञ्चालन भएको उद्घाटन कार्यक्रममा विभिन्न घटक प्रतिष्ठानका प्रदेश अध्यक्ष, केन्द्रिय समिति पदाधिकारीहरूले अहिले बैंक वित्तीय संस्थाको अवस्था, अन्य समसामयिक विषय र कर्मचारीहरुले भोग्नु परेको समस्याहरूका बारेमा धारणा तथा शुभकामना मन्तव्य राखेका थिए।
यसरी शुभकामना मन्तव्य राख्नेहरुमा कृषि विकास बैंक कर्मचारी संघ केंद्रीय महासचिव छगेन्द्र अर्याल, कृषि विकास बैंक कर्मचारी संघ प्रदेश अध्यक्ष राम कुमार बोहरा, नेपाल राष्ट्र बैंक कर्मचारी संघ प्रदेश अध्यक्ष डम्बर दत्त भट्ट, राष्टिय वाणिज्य बैंक कर्मचारी संघ प्रतिनिधि, नेपाल बैंक लिमिटेडका सुदुरपश्चिम उपप्रमुख कमल बहादुर चन्द, ग्रामीण विकास लघुवित्त कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद पौडेल, प्रदेश अध्यक्ष खडगराज जोसी र कर्मचारी सञ्चयकोष, राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघका प्रतिनिधि थिए।
उनीहरूले आ-आफ्नो प्रतिष्ठान र संगठनका गतिविधि बारेमा बोलेका थिए। विशिष्ट अतिथि बीफु नेपाल राष्टिय समितिका वरिष्ठ उपाध्यक्ष कमल पराजुलीले बीफू नेपालको इतिहास, यसमा आएका उतार चढाब र सांगठनिक अवस्थाका बारेमा आफ्नो विचार मन्तव्य राखेका थिए। प्रमुख अतिथि राष्टिय समिति अध्यक्ष मैनालीले मुलुकमा आएको हालको विषम आर्थिक परिस्थिति, सरकारी उदासिनता र वीफु नेपालले वहन गर्नुपर्ने जिम्मेवारीका विषयमा सहभागीहरुलाई जानकारी तथा निर्देशन दिएका थिए। उद्घाटन सत्र लगत्तै शुरू भएको बन्द सत्रले विभिन्न प्रतिवेदन पारित गर्दै राजेन्द्रबहादुर विष्ट अध्यक्ष, डम्मर दत्त भट्ट उपाध्यक्ष र कमल चन्द सचिव रहेको १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचन गरेको छ। अन्य पदाधिकारी तथा सदस्यहरुमा कोषाध्यक्ष मंगल राज अवस्थी, सहकोषध्यक्ष कमल बहादुर बडुवाल , सदस्यहरुमा आशा माया तामाङ, ओम प्रकाश बुढाथोकी, अर्जुन बहादुर धामी , केशव राज पनेरु, ऋषि प्रसाद अधिकारी शोभा कुमारी बुढा, विनोद विष्ट, झंकर बहादुर विष्ट रहेका छन्। प्रदेश अधिवेशनले विभिन्न जिल्ला संयोजक समेत तोकेको छ।
कैलाली – केशव राज रोस्यारा
कञ्चनपुर – दीपकराज जोशी
दार्चुला – दीपेन्द्र प्रसाद अवस्थी
डोटी – दीपेन्द्र खडायत
बझाङ – ज्योतिराम जोशी
बाजुरा – रमेश कुमार जेठारा
अछाम – दीपेन्द्र पौडेल
डडेलधुरा – गणेश अवस्थी
बैतडी – भागीराम चौधरी