काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ ।
Facebook Comments Box