काठमाडौँ – कोशी प्रदेशको नामाङ्कन विरोधमा चक्काजाम गर्ने १३ बन्दकर्तालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।
बन्द गराउँदै हिँडेका मध्ये दमकबाट ८, बिर्तामोडबाट ३ र काँकडभिट्टा २ गरेर १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कोशी प्रदेश नामाङ्कन विरोध गर्दै पहिचानवादीले कोशी प्रदेशभर गरेको बन्दले जनजीवन प्रभावित भएको छ ।
प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि आदिवासी जनजाति आन्दोलनमा उत्रिएका छन् ।
Facebook Comments Box