विराटनगर – प्रदेश १ को नाममा कोशी राखिएको विरोध जनाउँदै केही राजनीतिक दल र ३३ जातीय सङ्गठनले झापामा राजमार्ग अवरुद्ध पारेका छन् ।
पहिचानसहितको लिम्बुवान किरात नाम राख्नु पर्ने माग लामो समयदेखि गरिरहेको भएपनि बेवास्ता भएपछि आन्दोलनमा उत्रिनु परेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपमहासचिव धनराज सुब्बाले बताए ।
उनका अनुसार जनता समाजवादी पार्टी, आदिवासी जनजाति महासङ्घसहितका घटकहरूको संयुक्त निर्णय अनुसार आइतबार झापामा यातायात बन्द गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय, झापाले भने बन्द गराउँदै हिँड्ने २२ जनालाई पक्राउ गरिएको बताएको छ ।
Facebook Comments Box