काठमाडौँ – निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपति निर्वाचनमा शब्दले स्पष्ट पारेको विषयमा संवैधानिक व्यवस्था नै परिवर्तन वा निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश दिएका छन् ।
उनले उपराष्ट्रपतिका लागि रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्धका उजुरी खारेज गरिदिएका छन् ।
संविधानले स्पष्ट भनेको विषयमा त्यसको आशय खोज्नु नपर्ने व्याख्यासहित आइतबार उनले जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उम्मेदवार बनेका यादवको उम्मेदवारी कायम हुने आदेश पनि गरेका छन् ।
Facebook Comments Box