नवलपुर – नेपाल आदिवासी जनजाति महासंघ नेपालको हिजो देखि सुरु भएको १०औं महाधिवेशनमा पैसा र राजनितिक चलखेलका कारण आज विहानै ८ बजे देखि सुरु हुने भनिएको बन्दसत्र अहिले सम्म सुचारु हुन सकेको छैन ।
चक्रिय प्रणाली अनुरुप अध्यक्षको दावेदार गोविन्द छन्तायल भए पनि नेकपा एमाले र नेपाली कांग्रेस प्रति आस्था राख्ने आदिवासी नेताहरुकोको घिनलाग्दो प्रतिस्पर्धाका कारण अधिवेशनको माहोल बडो आलोचित बन्दै गएको छ । आदिवासी जनजातिहरुका हक अधिकारका निम्ती स्थापीत संस्थाको अधिवेशनमा राजनितिक प्यानल र पैसाको चरम चलखेल भएको देखेर अधिवेशनका प्रतिनिधी पर्यवेक्षकहरुनै अचम्मित भएकाछन । अधिवेशनमा सहभागिहरु भन्छन् यो महासंघको अधिवेशन हो? वा स्थानीय, प्रदेश वा प्रतिनिधि सभाको ? हामि बडो अचम्मित भई रहेका छौ । एउटा विशुद्ध सामाजिक संस्थामा यसरी राजनितिक प्रतिस्पर्धाहुनु दुर्भाग्य भएको सहभागिहरुको गुनासो रहेको छ ।
नेपाली कांग्रेसको तर्फबाट जगत बराम र रेशम गुरुङ जस्ता आदिवासी नेताहरु ग्यालोज शेर्पा लाई नेतृत्वमा जिताउनका लागि खुलेआमरुपमा भोटर्सहरुको किनबेचमा लागेकाछन । यसैगरि एमालेको निक्कै बलियो पकड रहेको महाधिवेशनमा एमाले आस्थावन आदिवासी नेताहरु प्नि मत किनबेच र कडा प्रतिस्पर्धामा उत्रिएका छन्
विशेष गरेर दुई राजनितिक शक्तिको प्रतिस्पर्धाका कारण नेपाल आदिवासी जनजाति महासंघको औचित्यनै धस्त गर्ने खतरा देखिएको छ । यो अवस्था देखेर सर्वसाधरणले महासंघ खारेजीका कुराहरु समेत उठान गर्न थालेका छन ।