काठमाडौं – राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक मंगलबार बस्दैछ। बैठक आज बिहान ११ः३० बजे समितिको सभाकक्षमा बस्नेछ। छलफलका लागि अर्थसचिव, राष्ट्रिय योजना आयोगका सचिव र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई बोलाइएको छ।
बैठकमा आगामी आ.व. २०८०/८१ को बजेट तर्जुमाका सन्दर्भमा वित्तिय हस्तान्तरण, राजश्व बाँडफाँट लगायत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका सिफारिस र कार्यान्वयनको अवस्था, संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको वित्तीय संघीयतासम्बन्धी सिफारिसको कार्यान्वयन अवस्था, आ.व. २०८०/८१ को बजेटको प्राथमिकता, वित्तीय हस्तान्तरण, राजश्व परिचालन र खर्चको अनुमान, चालु आ.व.को राजश्व परिचालन तथा खर्चको अवस्थाका बारेमा छलफल हुनेछ।
Facebook Comments Box