काठमाडौँ – माओवादी घटकको संयुक्त अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ।
मङ्गलवार (आज) बस्ने भनिएको उक्त कार्यक्रम स्थगित भएको हो । केही दिनपछि अन्तरक्रिया गर्ने गरी आजका लागि स्थगित भएको हो ।
विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी घटकहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने बताइएको थियो।
गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।
Facebook Comments Box