काठमाडौं – आज उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको हिजो बसेको बैठकले आज हुन लागेको उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो ।
यसअघि फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पनि सांसदहरुले पनि कसैको पक्षमा मतदान गरेनन् ।
राप्रपाका १४ संघीय र २८ प्रदेशसभा सदस्य रहेका छन् ।
Facebook Comments Box