कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले खाता खोलेको छ ।
बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको हो ।
सभापतिमा शम्भुराज गिरले ९२ मत पाएर विजयी हुँदा अखिल क्रान्तिकारीका लोकबहादुर कार्कीले ६३ मत पाएका थिए ।
सचिवमा रमेश भट्ट र कोषाध्यक्षमा सुनिता जोशी विजयी भएका छन् ।
Facebook Comments Box