काठमाडाैं: २०७९ जेठ २२ आइतबार, बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्ना मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो।
त्यस अनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियाे ।यस घटनापछि पार्टी अध्यक्ष माधव नेपाल प्रति रूष्ट रहेकी साे पार्टीकी सचिव, पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्री त्यसमाथि चुनाव हारेर आएपछि थप उग्र भइन् । झाँक्रीले पछिल्ला दिनमा त माधव नेपालबाट पार्टी नै नचल्ने बताएकी थिइन् ।
मन्त्रीबाट हटेपछि माधव नेपालसँग बोलचाल नै बन्द गरेकी झाँक्रीले चुनाव हारेपछि थप चिसो सम्बन्ध बनेका कारण झाँक्री पार्टीमा अहिले एक्लिदै गएकी थिइन् । एकप्रकारले पार्टी छोड्ने वा बस्ने भन्ने दोधारमा रहेकी थिइन् । एमालेमा जानका लागि लाइन मिलाउने प्रयास पनि गरेकी थिइन् । तर, एमालेमा पनि उनी फर्किने अवस्था रहेन । त्यसैले अबकाे राजनीतिक जीवनमा नयाँ बाटाे हिंडेर वर्तमान संकटबाट झाँक्री उम्किने प्रयासमा रहेकाे स्राेत बताउछ ।
रामकुमारी झाँक्री राजनीतिक जीवनमा वामपन्थी धारबाट अलग हुँदै नयाँ निर्णय गरेर संसद छिर्ने उपाए अपनाउन लागेकाे उनी निकट स्राेतले बताएकाे छ । स्राेतका अनुसार, २०७९ वैशाख १० गते तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा हुन गईरहेको उपनिर्वाचनको तयारीका लागि नयाँ निर्णय लिने अन्तिम तयारीमा लागेकाे जानकारी हुन आएकाे छ ।
स्राेतका अनुसार, रामकुमारी झाँक्री राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर २०८० वैशाख १० गते तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा हुन गईरहेको उपनिर्वाचनमा घण्टी चुनाव चिन्ह लिएर उम्मेदवार बन्ने तयारीमा रहेकी छिन् । साघु