काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
सभापति लामिछानेलाई शक्तिका आडमा राहदानी मुद्दामा उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज पौडेल ‘सफल’ले उजुरी दर्ता गराएका हुन् ।
उनले जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायाधिवक्ताको कार्यालयका पदाधिकारी एवम् कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।
Facebook Comments Box