धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार मतादान भए पनि मतगणना भने अनिश्चित बनेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो ।
तर बिहीबार बिहानसम्म समेत मतगणना हुन सकेको छैन । मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा विद्यार्थी संगठनहरुबीच सहमति हुन नसक्दा गणनामा ढिलाइ भइरहेको हो ।
एमाले सम्बद्ध अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), स्वतन्त्र विद्यार्थी समूहलगायतका संगठनले प्रदेश स्वास्थ्य तालिम केन्द्र वा कैलाली उद्योग वाणिज्य संघमा मतगणना गर्नुपर्ने माग गरेका थिए ।
Facebook Comments Box