काठमाडौँ – शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । ‘संघमा तीन मन्त्रालय र प्रदेशको एक मन्त्रालय दावी गर्नेगरी पार्टीमा कुरा भएको हो ।
अध्यक्षले प्रधानमन्त्रीसँगको आजको भेटमा कुरा राख्नुभएको छ’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो, ‘त्यसमा प्रधानमन्त्रीले कसरी मिलाउन सकिन्छ म मिलाउने प्रयास गर्छु भन्ने जवाफ दिनुभएको छ ।’
सत्तारुढ दलको शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले भागबण्डाको ठोस प्रस्ताव पेस गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।
चाँडो मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भन्ने कुरा भयो’, नेता नेपालले प्रचण्डसँगको भेटवार्ताबारे भने, ‘आजै कांग्रेस सभापतिसँग पनि छलफल गरेर निर्णयमा पुग्छु भन्नुभएको छ ।’ मुख्यमन्त्रीमा समाजवादीले दावी गरेको हो ? ‘दावी त रहन्छ नै तर कुन प्रदेशको मुख्यमन्त्री भन्ने प्रश्ट भैसकेको छैन’, अध्यक्ष माधवकुमार नेपालको भनाइछ ।