काठमाडौं – राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा आगामी चैत १८ गते स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठनसँग भएको सहमति र अदालतको आदेशअनुसार क्याम्पस प्रशासनले चैत १८ गते निर्वाचन गराउने गरी मिति तोकेको हो ।
अखिल क्रान्तिकारीले निर्वाचन समितिमा लगाएको ताला शुक्रबार खोलिएसँगै निर्वाचनको मिति तोकिएको क्याम्पस प्रमुख लोकबहादुर बरालले जानकारी दिए ।
जसअनुसार उनले निर्वाचन अधिकृत पीताम्बर श्रेष्ठलाई पत्राचार गर्दै स्थगित निर्वाचनका बाँकी सम्पूर्ण कार्यलाई सुरु गरेर मतदान सम्पन्न गर्न अनुरोध गरेका छन् । यसअघि चैत ५ मा विद्यार्थी संगठनको विवादका कारण अमृत क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।
Facebook Comments Box