काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० मा उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बारा २, चितवन २ र तनहुँ १ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ । जसअनुसार चितवन २ मा नेता विक्रम पाण्डे, तनहुँ १ मा नीलकण्ठ काफ्ले र बारा २ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकेको छ ।
कमाण्डरहरुले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिनेछन् । उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको हो ।
Facebook Comments Box