काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयमा माग गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष माधव नेपालसहितका नेताले सरकारमा सहभागी हुनका लागि तीन मन्त्रालय पाउनुपर्ने माग राखेका थिए ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले तीन मन्त्रालय दिन नसकिने जवाफ दिएका छन् ।
“तीन मन्त्रालय मागिएको हो । धेरै दलहरुलाई मिलाएर लैजानुछ । तीनवटा मन्त्रालय अहिले नै सम्भव छैन भन्नुभयो,” स्रोतले भन्यो, “बेलुका गठबन्धन बैठकमा मन्त्रालयबारे खाका बन्छ । भोलि फेरि बसौँ भन्नुभएको छ ।”
Facebook Comments Box