काठमाडौँ – सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै नेकपा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका छन्।
मेयेरमाथी भएको अभद्र व्यावहार गरेको भन्दै आज (बुधबार) बिहान एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए।
मेयर श्रेष्ठमाथी मंगलबार प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरू दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठमाथि मोबिल छ्यापेका थिए । त्यसको विरोधमा आज एमाले कार्यकर्ताले विरोध गर्दै राजमार्ग अवरुद्ध गरेको प्रहरी महाािरिक्षक चौधरीले बताए । अहिले अवस्था नियन्त्रणमा रहेकोपनि उनले बताए ।
मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। साधुशरण महरालाई प्रहरीले पक्राउ गरेको हो । यस्तै, यसमा संलग्न अन्यको पनि खोजी गरिरहेको कार्यालयले जनाएको छ।