काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल कोरोनाबाट प्रभावित हुँदा विभिन्न विकासका साझेदार तथा गैर सरकारी संघसंस्थाहरुले जीवन रक्षाका लागि स्रहानीय सहयोग उपलब्ध गराएको स्मरण गर्नुभयो ।
उहाँले गुड नेर्वस इन्टरनेशनल नेपालको नेपालमा कार्य सुरु गरेको २० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा धधसो कुरा बताउनुभएको हो । अध्यक्ष तिमिल्सनाले कोरोना महामारीमा दक्षिण कोरियाले गरेको सहयोग पनि विर्सन नसकिने बताउँदै गुड नेभर्सले बालबालिकाको शिक्षामा गरेको सहयोगले देशकै समृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
३२ वर्ष अघि दक्षिण कोरियाबाट सुरु भएको गुड नेवर्स इन्टरनेशनलको सामाजिक सेवाको अभियान नेपालमा २० वर्ष पूरा भएको छ । किडार्कका कार्यकारी निर्देशक गोबिन्द बहादुर शाहीले मानवीय सहायता र विकासका लागि कार्यरत समाजमा रहेका विविध समस्यामा परेका, उपेक्षित, पिछडिएका तथा सीमान्तकृत वर्गका व्यक्तिहरुको जीवन स्तर उकास्नका निम्ति साझेदार संस्थाहरु मार्फत सहयोग प्रदान गर्दै आइरहेको बताउनु भएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. जयकान्त रावतले विकासका साझेदार संस्थाले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरिएका प्रतिबद्धताहरुलाई पूरा गर्न साथ र सहयोग गरिरहेको तर नेपाल सरकारको नीति, कार्यक्रमहरुलाई कार्यान्वयन गर्न पु¥याएको योगदानका विषयमा समीक्षा गर्दै अगाडि बढ्न जरुरी रहेको बताउँदै संस्थाको कामको प्रसंशा गर्नुभएको थियो ।
नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क चोङ सुकले नेपालका २२ जिल्लाका गरिब र सिमान्तकृत वर्गका बालबालिकाको सुनौलो भविष्यको लागि गुड नेर्वस इन्टरनेशनलले नेपालका नागरिक संघसङ्गठनहरुसँग हातेमालो गर्दै काम गर्दै आइरहेकोमा धन्यवाद र आगामी दिनमा थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्टले गुड नेवर्स इन्टरनेशनलले स्थापना कालदेखि नै समाज कल्याण परिषद्सँग स्वीकृति लिएर नेपाली बालबालिका र समुदायका जीवनमा सकारात्मक परिवर्तनका लागि काम गर्दै आईरहेकोमा खुशी व्यक्त गर्नुभएको छ । कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका राष्ट्रिय निर्देशक जे क्युङ रोले सो संस्थाले सफलतापूर्वक २० औँ वार्षिकोत्सव कार्यक्रमका स्वागत मन्तव्य राख्दै संस्थाले बालबालिकाको जीवनस्तर सुधार गर्न सीमान्तकृत, लोपोन्मुख समुदाय र विपन्न परिवारका बालबालिका लक्षित गरी २२ जिल्लाका ४३ हजार भन्दा बढी बालबालिका, उनीहरुको परिवार र समुदायको जीवन स्तर सुधार गर्न सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।
उहाँले संस्थामार्फत बाल संरक्षण, शिक्षा, स्वास्थ्य, आय आर्जन, खानेपानी, सरसफाई तथा स्वच्छता, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र पैरवी जस्ता क्षेत्रहरुमा काम गर्न प्राप्त सबैको साथ र सहयोगका लागि धन्यवाद् व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलले विगत २० वर्षको यात्रामा नेपाली बालबालिकाको जीवनको सकारात्मक परिवर्तनका निम्ति खेलेको भूमिकासँग सम्बन्धित रहेर किटिनी माध्यामिक विद्यालय गोदावरी ललितपुरका किशोरकिशोरीले सचेतनात्मक जागरणमूखी नाटक “छिमेकी” प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा श्रेया अधिकारीले गुड नेवर्स इन्टरनेशनलको सहयोगका कारण धेरै नेपाली बालबालिकाको जीवनमा शिक्षा, स्वास्थ्य, संरक्षणका सवालमा पु¥याएको योगदानका कारण नै स्टेजमा उभिएर बोल्ने हिम्मत आएको बताउनुभयो ।
उहाँले गुड नेभर्स इन्टरनेशनलले पढ्नका लागि आफु जस्ता थुप्रै बालबालिका, किशोरकिशोरीलाई सहयोग गरेकै कारण बालबालिका र उहाँको घरपरिवारमा सकारात्मक परिवर्तन भएको कुरा बताउनु भएको छ । कार्यक्रममा कुटनीतिक नियोग, सरकारी तथा गैर सरकारी निकाय, नागरिक संघसंस्था, विकासका साझेदार, निजी तथा सहकारी संस्था, लाभान्वित वर्ग, सञ्चारकर्मी लगायत २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।