काठमाडौं – साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक ४१.४३ अंकले घटेर २५७२.२३ को बिन्दुुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक ९.५५ अंकले घट्दै ४७९.३९ विन्दुमा झरेको छ ।
आइतवार कुल २ सय ३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
निर्जीवन बीमाबाहेकका सबै उपसमूह घटेका छन् । बैंकिङ २१, विकास बैंक १४५, फाइनान्स ६२, होटल तथा पर्यटन ६६, जलविद्युत ७६, उत्पादन १४५, लघुवित्त ३९, अन्य ९३ र व्यापार उपसमूह ५५ अंकले घटे ।
आज उच्च अंकले घटेको बजारमा जीवन विकास लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु. ३ हजार ३०० पुगेको छ । यस्तै,इमर्जिङ नेपाल र राष्ट्र जनउत्थान लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । इमर्जिङ नेपालको शेयरमूल्य रु.८३६.७० पुगेको छ भने राष्ट्र जनउत्थानको शेयरमूल्य रु.९०१.४० पुुगेको छ ।
यस दिन मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक बढी ५.५० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आइतवार अपि पावर कम्पनी लिमिटेडको २७ करोड ५६ लाख ७४ हजार ३ सय ९३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
यस्तै,गुराँस लाइफ इनस्योरेन्स कम्पनीको १७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट इन्स्योरेन्सको १६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।