कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिँदै छन् ।
दुई दिनअघि शर्माले विश्वासको मतका लागि व्यवस्था मिलाइदिन आग्रहसहित प्रदेशसभासमक्ष निवेदन दिएका थिए । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।
उनी गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए ।
यहाँ माओवादी-एमालेबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति बनेको छ ।
Facebook Comments Box