धनगढी: कैलालीमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशनको बन्दसत्र जारी छ। आज (शुक्रवार) बिहानैदेखी सुखडमा खुलासत्र सुरु भएर अधिवेशन थालिएकोमा अहिलेसम्म नेतृत्व चयनका लागि सहमति जुट्न सकेको छैन।
अधिवेशनको बन्दसत्र अहिले पनि जारी रहेको र नेताहरुवसहमतिमै नेतृत्व चयनको अन्तिम प्रयासमा रहेको बताइएको छ। अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष लगायतका केही पदमा अहिलेसम्म सहमति भएको तर सचिव पदमा सहमति जुट्न नसक्दा बन्दसत्र लम्बिएको जनाइएको छ। यस्तै सहमति नभए चुनावमा जानुपर्ने प्रतिनिधिहरुको भनाई छ।
Facebook Comments Box