काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे पछि बैठक बोलाइएको छ ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने सम्भावना छ ।
पार्टीले आवश्कताको सिद्धान्तानुसार तालमेलको पक्षमा निर्णय लिने उनको भनाइ छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा छन भने नेता शेखर कोइराला समूह तालमेलको विपक्षमा छ ।
बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि पार्टीले गरेको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानको समीक्षा जारी छ ।
Facebook Comments Box