महोत्तरी – औरही नगरपालिका-१ औरहीस्थित सडकबाट स्रोत नखुलेको नगद ५५ लाख रुपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-२ बस्ने २१ वर्षीय धिरज कुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेक सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वर पठाइएको छ ।
Facebook Comments Box