बझाङ – बझाङमा एक मजदुरको हत्या भएको छ। जाजरकोट, भेरी नगरपालिका ४ घर भइ छबिसपाथिभेरा ४ ब्याँसीमा सडकमा मजदुर काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको मंगलबार राति हत्या भएको हो ।
विकको सोही ठाउँका उदिप भन्ने रोहन सुनारले मदिरा सेवन गरी सामान्य विवादका क्रममा हत्या गरेको बझाङ प्रहरी प्रमुख तथा डीएसपी जागेश्वर भण्डारीले बताए। पक्राउ परेका सुनारलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box