कास्की – नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित चार पुरस्कार तथा सम्मानको निर्णय सार्वजनिक गरिएको छ ।
महासङ्घको शुक्रबार बसेको बैठकले ‘पोखरा पत्रकारिता सम्मान–२०७७’ बाट पत्रकार नवीन सिग्देल र विसं २०७८ को ‘टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको हो ।
‘पोखरा पत्रकारिताका सम्मान’को राशि रु ३५ हजार र पत्रकार गुरुङले प्राप्त गर्ने पुरस्कारको राशि रु २० हजार एक सय ११ रहेको छ । यस्तै ‘जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार–२०७८’ पत्रकार गौरव त्रिपाठी र २०७९ पत्रकार दुर्गा रानालाई प्रदान गर्ने निर्णय भएको शाखाका अध्यक्ष विमला भण्डारीले जानकारी दिनुभयो ।
सो पुरस्कारको राशि रु ११ हजार एक सय ११ रहेको छ । महासङ्घले प्रदान गर्ने संस्थागततर्फको सम्मान पोखरास्थित ‘लक्ष्मी हाउस’लाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्र र महासङ्घको संस्थागत विकासमा पु¥याएको योगदानबापत पत्रकारलाई पुरस्कृत गर्न लागिएको महासङ्घले जनाएको छ ।
महासङ्घद्वारा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा पुरस्कार तथा सम्मानको निर्णय गरिएको शाखा अध्यक्ष भण्डारीले बताउनुभयो । यही चैत २९ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यमा हुने समारोहमा पुरस्कार समर्पण गरिने जनाइएको छ ।