काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ घुस प्रकरणमा मुछिएका छन् । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।
रास्वपा समानुपातिका सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो। मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको कुराकानीमा सुन्न सकिन्छ ।
रास्वपाका महामन्त्री डा। मुकुल ढकालले अडियो आफूले पनि सुनेको र त्यसबारे सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईँलाई सुनाएका छन् । उनले प्रसाईँसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् ।
उनको यो अडियो सार्वजनिक भएपछि पार्टीले कारबाहीको तयारी गरेको छ ।