धनगढी – नेकपा एमाले सम्बद्ध अनेरास्ववियु धनगढी उपमहानगर कमिटीले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नगर कमिटिले उपमहानगरका १९ वटै वडामा अगामी बैशाखको पहिलो सातादेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
उक्त कार्यक्रमबाट जनता र जनतप्रतिनिधिबीच गुनासा, सुझाव र समस्याको दोहोरो अन्तरक्रिया गर्न सहयोग पुग्ने नगर अध्यक्ष नितिश जोशीले जानकारी दिए ।
स्थानीय सरकारले नयाँ वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिरहेका बेला आयोजना गरिने कार्यक्रमले जनगुनासो सम्बोधन हुने गरी बजेट निर्माण गर्ने काममा पनि सघाउ पुग्ने जोशीले बताए ।
Facebook Comments Box