काठमाडौं – नेकपा एमालेका पुराना नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् ।
सोमबार बक्तव्य सार्वजनिक गर्दै खरेलले इमान्दार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको उल्लेख गरेका छन् ।
खरेलले पञ्चायतको समयमा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय जेलजीवन बिताएका थिए । १७ वर्ष जेल बसेका खरेलले २०३३ सालमा नक्खु जेलब्रेक गरेका थिए ।
‘नेकपा एमालेमा लामो समयसम्म योगदान गरेका, तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरु आजदेखि सो पार्टीबाट स्वतन्त्र रहेको घोषणा गर्दछौं’ बक्तव्यमा उल्लेख छ । खरेल एमाले नेतृत्वसँग असन्तुष्ट थिए भने खरेलप्रति एमाले नेताहरु पनि सकारात्मक थिएनन् ।
सोमबार खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी परित्याग गरेका छन् ।
Facebook Comments Box