काठमाडौं – त्रिभुवन विश्वविद्यालयले हालसम्म नवीकरण नगरेका सम्बन्धन प्राप्त क्याम्पसलाई वैशाख मशान्तभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
उपकुलपति कार्यालयको योजना निर्देशनालयले सूचना जारी गर्दै विभिन्न संकाय तथा संस्थानहरुको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरु सञ्चालन गरेका क्याम्पसर कलेजहरु मध्ये कतिपयले हालसम्म पनि नवीकरण नगरेको पाइएकाले किन खारेज नगर्ने भनी सोधेको हो ।
सूचनामा भनिएको छ, ‘उक्त कलेजहरुलाई त्रिवि नियमानुसार किन खारेजी नगर्ने सम्बन्धमा कुनै मनासिब कारण भए २०८० वैशाख मसान्तसम्म सम्बन्धित डीन कार्यालयहरुमा निवेदन दिन सूचित गरिन्छ ।’ विभिन्न संकाय तथा संस्थान र कार्यक्रमको सम्बन्धन लिएका क्याम्पसरकलेजहरुले कुनै वा सबै कार्यक्रम खारेज गर्न चाहेमा त्रिवि योजना निर्देशनालयमा निवेदन दिन पनि भनिएको छ ।
एक हजार ६० सम्बन्धन प्राप्त कलेजमध्ये २७ चैतसम्म व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त ८१८ वटाले मात्रै नवीकरण गरेका छन् ।