काठमाडौँ – प्रहरीले कुलेश्वरस्थित महादुर्गा ट्रेडर्सका सञ्चालक सुभास बजाजलाई पक्राउ गरेको छ ।
म्याद गुज्रेको खाद्य सामग्रीमा ‘रि लेबलिङ’ गरेर बेचेको आरोपमा प्रहरीले ट्रेडर्सका सञ्चालक बजाजलाई पक्राउ गरेको हो ।
सञ्चालक बजाजलाई दालचिनी, काजु, बदाम, ल्याङ र किसमिस जस्ता म्याद गुज्रेका सामान रि प्याकिङ गरेर बेचेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीले उक्त गोदामबाट रि लेबलिङ गरेर बजार पठाउन लागेको करिब १ करोड ३० लाखको सामान बरामद गरेको छ ।
Facebook Comments Box