काठमाडौँ – ललितपुर जिल्ला अदालतले नाबालिकालाई बलात्कार गरेको अभियोगमा व्यापारी सुशील चटौतलाई १८ वर्ष एक महिनाको कैद सजाय सुनाइएको छ ।
चौटतमाथि आफ्नो संरक्षणमा रहेकी बालिकालाई बारम्बार बलात्कार गरेको अभियोग लागेको थियो । चैत १५ गते जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीले चौटतलाई बलात्कार मुद्दा दोषी ठहर गरेकी थिइन् ।
आज चौटतलाई १८ वर्ष एक महिनाको कैद सजाय र त्यस्तै, आठ लाख क्षतिपूर्ति दिन फैसला भएको हो ।
Facebook Comments Box