काठमाडौँ – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालय सिंहदरवारमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ ।
माओवादीले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन । त्यस्तै आजको बैठक संसदीय समिति गठनको बारेमा पनि केन्द्रित हुने बताइएको छ ।
Facebook Comments Box