काठमाडौँ – सरकारले सिंहदरवार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाएको सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन साहसँग आवश्यक छलफल गर्ने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेयर बालेन साहले सिंहदरवार र शीतलनिवासको फोहोर नउठाउने भनेर गरेको घोषणालाई गम्भीर रूपमा लिँदै आवश्यक कुराकानी र छलफल गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता रेखा शर्माले त्यसबारे मेयर साहसँग आवश्यक कुरा गर्ने निर्णय भएको बताइन् । मेयर बालेन शाहले शनिबार सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका थिए । सोही अनुसार त्यसयता सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर उठेको छैन ।
Facebook Comments Box