काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी दुर्गममा जान नचाहने प्रवृत्ति देखिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुगममा मात्र बस्न चाहने र दुर्गममा जान नचाहने कर्मचारी बढेको बताएका हुन् ।
“५३ हजार कर्मचारी संघमा छन् । दुर्गम ठाउँमा कोही जान चाहँदैन । विकट सुन्न चाहँदैन । सबै उपत्यका र काठमाडौँ वरिपरि र सुगम मात्र जान चाहन्छ । यस्तो विकृति छ,” उनले भने, “म एकरूप सरुवा प्रणालीमा कटिबद्ध छु । भर्खर आएको छु, मन्त्रालयमा बुझ्दै छु ।”
पठाएका कर्मचारी हाजिरै गर्नसमेत नगएको भेटिएको उनको भनाई छ ।
Facebook Comments Box