काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका छन् ।
बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले दलै पिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘कर्मचारीहरूको दलीय करणले समस्या ल्याएको छ । चाहे शिक्षक होस् वा कर्मचारी दलपिच्छेका ट्रेड युनियनलाई खारेज गर्नुपर्ने अवस्था छ । किनभने कर्मचारीहरूको दलीय करणले समस्या ल्याएको छ । परिस्थितिले कानुनहरूमा केही परिवर्तन पनि खोज्छ । परिस्थितिले नयाँ कानुन निर्माणको आवश्यकता पनि देखाउँछ । नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक कर्मचारीको ठुलो भूमिका पनि छ । त्यो भूमिकाको हामीले सराहना पनि गर्नुपर्छ । तर अब अहिलेको परिस्थितिमा उहाँहरूले विभिन्न दलगत ट्रेड युनियन कायम राख्ने कुरा कति उपयुक्त हुन्छ भनेर राजनीतिक दलहरूले पनि र मन्त्रीजीले कानुन बनाउँदा पनि सोच्ने अवस्था आयो ।’