काठमाडौँ – प्रधानन्यायाधिसको नियुक्त प्रक्रिया ढिला भइरहेकोमा १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे नेपाल बार एसोसिएसनले आन्दोलन गर्ने चेतवानी दिएको छ । नेपाल बार एसोसिएसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बुधवार पत्रकार सम्मेलन नै आयोजना गरेर उक्त चेतावनी दिएका हुन् ।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाबारे ध्यानाकर्षण गराउन भोलि बिहीवार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई बारका पदाधिकारीले भेट्नेसमेत उनले जानकारी गराए ।
त्यसै गरी मुद्दाको पेशी व्यवस्थापनका लागि स्वचालित पेशी प्रणाली लागू गर्न समेत उनले माग गरेका थिए ।
Facebook Comments Box