काठमाडौँ – बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएका छन् ।
बिहीवार बिहान नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न ध्यानाकर्षण गराएका हुन् ।
नेपाल बार एशोसिएसनले बुधबार पत्रकार सम्मेलन गर्दै ७ देखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।
Facebook Comments Box