काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भनेका छन् ।
नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले सो कुरा बताएका हुन् ।
पूर्वप्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन्,’सात दशकभन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्न प्रेरणादायी बन्न सकोस् ।’
Facebook Comments Box