काठमाडौँ – जनकपुर– जयनगर रेल सेवा आजदेखि चारपटक चल्न थालेको छ । यसअघि दैनिक दुईपटक मात्रै चल्दै आएको थियो । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको हो ।
कम्पनीका अनुसार अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र दिउँसो २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने छ ।
यस्तै जयनगरबाट रेल जनकपुरधाम कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्ने महाप्रबन्धक झाले जानकारी दिए ।
एकवर्ष अघि सञ्चालनमा आएको ब्रोडगेज रेल बिहान १० बजे जनकपुरबाट छुट्ने र साढे ११ बजे जयनगर पुग्ने गरेको थियो भने त्यहाँबाट जनकपुरधामका लागि दिउँसो ३ बजे प्रस्थान गर्ने गरेको थियो ।
Facebook Comments Box