काठमाडौंः नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले आगामी दिनमा पनि विश्वभरका देश र छिमेकी मुलुकहरुसँग सम्बन्धलाई घनिष्ट बनाउँदै लाने बताएका छन्।
आइतबार शपथलगत्तै पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्रीको भारत भ्रमणको कुरा आइरहेको छ। त्यसैको गृहकार्यको लागि तपाईंको मात्रै शपथ गराइएको भन्ने चर्चा छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘त्यो पनि एउटा कारण हुन सक्छ। त्यसमा छलफल अगाडि बढाउँछौं। भर्खरै कार्यालयमा आएको छु। सचिवज्यूहरुसँग ब्रिफिङ लिन्छु। त्यसपछि मात्रै थाहा हुन्छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाखभित्र भारत भ्रमणको तयारी गरिरहेका छन् । सोहीअनुसार आज उनले परराष्ट्र मन्त्रीका रुपमा साउदको शपथ गराएका हुन् ।
Facebook Comments Box