काठमाडौंः संयुक्त राष्ट्र संघका उच्च अधिकारी हिजो राति काठमाडौं आइपुगेका छन्। पाँच जनाको टोलीको मुकाम याक एण्ड यति होटलमा राखिएक छ।
राष्ट्रसंघीय उपमहासचिव तथा एसिया प्रशान्तका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अरमिदा सालसियाह अलिसजाल्बानाको नेतृत्वमा रहेको टोलीले आज र भोलि सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्दैछ। राष्ट्रसंघीय टोलीमा काठमाडौंस्थित कार्यालयका प्रीतनिधिहरु समावेश छन्।
उनीहरुले आज बिहान योजना आयोगका उपाध्यक्ष,अर्थमन्त्री, गृहमन्त्री,भौतिक निर्माण तथा यातायातमन्त्रीलगायतसँग भेट गर्ने कार्यक्रम छ। टोलीले आजै पाटन र वसन्तपुरको अवलोकन भ्रमण गर्नेछ।
भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेपछि उपमहासचिव साँझ ८ बजे मलेसिया प्रस्थान गर्ने तालिका छ। त्यसअघि भोलि नै उनले सार्क महासचिवसँग पनि छलफल गर्नेछन्।