काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले गत पुस २५ गते नियुक्त भएका थिए ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका जम्कट्टेलले आगामी वैशाख ६ गते आफ्नो कार्यकालको भएका कामहरूको उपलब्धि सार्वजनिक गर्ने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेशको मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन ।
Facebook Comments Box