काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरूलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन् ।
मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सङ्घ र प्रदेशमा गरी ८८४ जना सांसदलाई खेलाडीका लागि तीन–तीन हजारको दरले पारिश्रमिक दिन आग्रह गरेका छन् ।
उनले भने, ‘आज म यसै संसदबाट घोषण गर्न चाहन्छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीको नाममा जम्मा गरिदिने छु । सबै प्रदेश सङ्घीय सांसदहरुलाई अनुरोध गर्दछु कि हामी ८८४ जना छौ यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र उनीहरूले देशको नाम संसार भर चिनाउन सहयोग पुग्छ ।’
Facebook Comments Box