धनगढीः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य आरजू राणा देउवाले आज संघीय सरकार र धनगढी उपमहानगरपालिकाको लगानीमा निर्माण भएका तीन आयोजनाको उद्घाटन गरेकी छन्।
धनगढी–८ मा निर्माण भएको तौलाहा तालका संरक्षण, धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको भवन र वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिर परिसरमा निर्माण भएका विभिन्न संरचनाहरुको देउवाले उद्घाटन गरेकी हुन्। नेतृ देउवाले धनगढीमा १२ करोड ३७ लाख बढीका तीन भौतिक संरचनाको उद्घाटन गरेकी हुन्।
Facebook Comments Box