काठमाडौँ – महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ ।
राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ । पौडेललाई अहिले केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो ।
राष्ट्रपति पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
Facebook Comments Box