धनगढी – नेकपा माओवादी केन्द्रको धनगढी उपमहानगर कमिटीले सचिवालय सदस्य डिल्लीराज भट्टलाई कारबाही गरेको छ। माओवादीको कोटाबाट सेती प्रादेशिक अस्पताल धनगढीको व्यवस्थापन समिति सदस्य समेत बनेका भट्टलाई माओवादीको नगरकमिटीले पार्टीबाट निकालेको हो।
नगर कमिटीको बैठकले उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेको जनाइएको छ। पार्टीको विधि र विधानविपरीत कार्य गरेको भन्दै उनलाई कारबाही गरिएको हो। कारबाही गर्नुअघि भट्टलाई स्पष्टीकरण सोधिएकोमा उनले चित्तबुझ्दो स्पष्टीकरण दिएका थिएनन्।
Facebook Comments Box